दफा ३०
जफत भएका वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको व्यवस्थापन
– (१) यस ऐनको प्रतिकूल हुने गरी कुनै काम कारबाही भएको कारणले यस ऐन बमोजिम जफत भएका सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना व्यवस्थापन निकायले देहाय बमोजिम व्यवस्थापन गर्नु पर्नेछ ः-
(क) जीवित नरहेको सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको नमुना नष्ट गर्ने,
(ख) सङ्कटापन्न वन्यजन्तु वा वनस्पति जीवित नै रहेको भएमा र संरक्षण गर्न आवश्यक देखिएमा नेपालभित्रको प्राकृतिक बासस्थानमा
छोड्न वा रोप्न वा सार्न वा संरक्षणको लागि अन्य आवश्यक उपाय अपनाउन सम्बन्धित निकायमा पठाउने,
तर जीवित नै रहेको भए तापनि संरक्षण गर्न हानिकारक हुने वा नेपालका रैथाने सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिलाई प्रतिकूल प्रभाव पुर्याउने वन्यजन्तु वा वनस्पति वा सोको नमुना नष्ट गर्नु पर्नेछ ।
(ग) संरक्षण गर्न आवश्यक नदेखिएको वा संरक्षण गर्न सम्भव नभएको लोपोन्मुख वा संरक्षित वन्यजन्तु वा वनस्पति वा सो को नमुना
प्रचलित कानून बमोजिम लिलाम गर्ने,
(घ) आवश्यक शर्त तोकी शैक्षिक, वैज्ञानिक, अध्ययन, अनुसन्धानको प्रयोजनका लागि वा धार्मिक कार्यका लागि सार्वजनिक संस्था वा
निकायलाई उपलव्ध गराउने,वा
(ङ) तोकिए बमोजिम अन्य तरिकाले व्यवस्थापन गर्ने वा गराउने ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिमको कार्यविधि पूरा नभई पैठारी भएको कारणले जफत भएको
सङ्कटापन्न वन्यजन्तुवा वनस्पति वा सो कोनमुना जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउन सम्बन्धित अधिकारीलाई नेपाल
सरकारले लेखी पठाउनेछ ।
(३) उपदफा (२) बमोजिम लेखी पठाउँदा सम्बन्धित मुलुकले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना फिर्ता लैजान चाहेमा
वा त्यस्तो मुलुकको अधिकारप्राप्त निकायले अनुरोध गरेमा नेपाल सरकारको निर्णयबाट त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना
सम्बन्धित मुलुकलाई फिर्ता दिन सकिनेछ ।
(४) उपदफा (३) बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो कोनमुना फिर्ता गर्दा लाग्ने खर्च त्यसरी फिर्ता लैजाने मुलुकले
व्यहोर्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम निर्णय भएको मितिले नब्बे दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो को नमुना फिर्ता लैजानु पर्नेछ ।
(६) उपदफा (२) बमोजिम लेखी पठाउँदा सम्बन्धित मुलुकले फिर्ता लैजान इच्छा व्यक्त नगरेमा वा इच्छा व्यक्त गरे तापनि उपदफा
(५) बमोजिमको अवधिभित्र फिर्ता लैजान नसकेमा त्यस्ता वन्यजन्तु वा वनस्पति वा सो कोनमुना व्यवस्थापन निकायले उपदफा (१) बमोजिम
व्यवस्थापन गर्नु पर्नेछ ।
(७) उपदफा (१) बमोजिम कुनै सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना नष्ट गर्नु अघि त्यस्तो वन्यजन्तु वा वनस्पति वा सो
को नमुनालाई वैज्ञानिक परीक्षणका लागि तोकिए बमोजिमको प्रयोगशालामा पठाउनु पर्नेछ र सो प्रयोगशालाको प्रतिवेदनबाट त्यस्तो
वन्यजन्तु वा वनस्पति वा सो को नमुना नष्ट गर्नु पर्ने देखिएमा सम्बन्धित जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका
प्रतिनिधिकोरोहवरमा तोकिए बमोजिम नष्ट गर्नुपर्नेछ ।