दफा ५१
जफत हुने
(१) सङ्गठित अपराध गर्न प्रयोग भएको जुनसुकै उपकरण, वस्तु वा साधन जोसुकै व्यक्तिस“ग रहेको भए पनि जफत हुनेछ ।
(२) सङ्गठित अपराध गरी प्राप्त गरेको सम्पत्ति कानूनी रुपमा प्राप्त गरेको सम्पत्तिमा मिसाइएको रहेछ भने त्यस्तो मिश्रित सम्पत्तिबाट सो सम्पत्ति छुट्टयाउन सकिने रहेछ भने छुट्टयाई जफत गरिनेछ र छुट्टयाउन नसकिने रहेछ भने त्यस्तो सम्पत्तिलाई रकममा रुपान्तरण गरी जफत गरिनेछ ।