दफा १३
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा सूचना तथा सञ्चार प्रविधि
१२.१३.१ जलवायुस परिवर्तन अनुकूलन प्रक्रियाहरुमा आउने चुनौतिहरुलाई सम्बोधन गर्न मोबाइल फोन, सामुदायिक रेडियो, इन्टरनेट तथा अन्य सम्बन्धित सूचना तथा सञ्चार प्रविधि माध्यमहरुको नवीनतम (Innovative) प्रयोगलाई प्रवर्द्धन गरिनेछ ।

१२.१३.२ वृहत्तर अनुकूलन लक्ष्यहरु (Climate Change Adaptation Goals) हासिल गर्न आवश्यक सूचना तथा ज्ञान आदान प्रदान, क्षमता अभिवृद्धि, नेटवर्किङ तथा

विद्युतीय अनुकुलन सेवाहरु (e‐Adaptation Applications) लगायतका क्षेत्रहरुमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग प्रवर्दन गरिनेछ ।

१२.१३.३ राष्ट्रिय तथा स्थानिय अनुकूलन कार्ययोजना (National and Local Adaptation Plan of Action) को सफल तथा प्रभावकारी कार्यान्वयनमा सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गरिनेछ ।