दफा १२५
जाँचको खर्च
(१) यस परिच्छेद बमोजिम कार्यालयले जाँच गराउँदा लागेको खर्च सम्बन्धित कम्पनीले व्यहोर्नु पर्नेछ ।
तर जाँच गर्दा कम्पनीको कुनै सञ्चालक, प्रबन्ध सञ्चालक, प्रबन्धक, वा पदाधिकारीले बदनियत, धोखा, जालसाजी वा ठगी गरेको देखिएमा त्यस्तो सञ्चालक, प्रबन्ध सञ्चालक, प्रबन्धक वा पदाधिकारीले जाँच समाप्त भएको सात दिनभित्र जाँचको खर्च बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्बन्धित सञ्चालक, प्रबन्ध सञ्चालक, प्रबन्धक, कर्मचारी वा व्यक्तिले जाँचको खर्च नबुझाएमा सरकारी बाँकीसरह असुल गरिनेछ ।
(३) यस परिच्छेद बमोजिम नियुक्त निरीक्षकले खर्चको भुक्तानीका सम्बन्धमा आफ्नो प्रतिवेदनमा सुझाव पेश गर्न सक्नेछ ।