नियम २७
जाँचपास पछिको परीक्षण सम्बन्धी अन्य व्यवस्था
(१) ऐनको दफा ३४ को उपदफा (२) को प्रयोजनका लागि भन्सार कार्यालयमा पैठारीकर्ताले घोषणा गरेको मालवस्तुको मूल्य यथार्थ हो वा होइन भन्ने कुरा निश्चित गर्नका लागि ऐनको दफा १३ मा उल्लेख भएबमोजिमका मूल्याङ्कनका सबै वा कुनै तरिका अवलम्वन गरी त्यस्तो मालवस्तुको मूल्य कायम गर्न सकिनेछ ।
(२) ऐनको दफा ३४ को उपदफा (३) को प्रयोजनका लागि निकासी वा पैठारी भएको मालवस्तुको परिमाण यकीन गर्न मौज्दातको भौतिक परीक्षण गर्न सकिनेछ ।
(३) पैठारीकर्ताले मालवस्तु पैठारी गर्दा भन्सार कार्यालयमा घोषणा गरेको मूल्यको सत्यता परीक्षण गर्ने प्रयोजनका लागि निजले पैठारी गरी बिक्री गरेको मालवस्तुको खुद्रा तहसम्मको कारोवारको अभिलेख परीक्षण गर्न सकिनेछ ।
(४) जाँचपास पछिको परीक्षण गर्दा महानिर्देशक वा भन्सार अधिकृतले सम्बन्धित पैठारीकर्तालाई सम्भव भएसम्म सो परीक्षण गर्ने मिति र समय तोकी अग्रिम सूचना दिनु पर्नेछ ।
२८ कागजात माग गर्न सक्नेः (१) जाँचपास पछिको परीक्षण गर्ने महानिर्देशक वा भन्सार अधिकृतले सो प्रयोजनका लागि आवश्यक देखेमा बैङ्क, वित्तीय संस्था एवं पैठारीकर्ताको कारोवारसँग सम्बन्धित अन्य कुनै व्यक्ति वा निकायबाट सम्बन्धित पैठारीकर्ता, निजको
कारोवार वा मालवस्तुसँग सम्बन्धित भुक्तानी, बैङ्क खाता, नाफा नोक्सानको हिसाव, कर विवरण, बीजक र यस्तै अन्य आवश्यक कागजात पन्ध्र दिनको म्याद दिई माग गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम माग गरेको कागजात उपलब्ध गराउनु सम्बन्धित बैक वा वित्तीय संस्था वा अन्य निकायको कर्तव्य हुनेछ ।
(४) ……………