नियम
परिभाषा
विषय वा प्रसगंले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले भन्सार ऐन, २०६४ सम्झनु पर्छ ।
(ख) “तेस्रो मुलुक” भन्नाले भारत बाहेकका अन्य विदेशी मुलुक सम्झनु पर्छ ।
(ग) “मूल्याङ्कन पुनरावलोकन समिति” भन्नाले ऐनको दफा ६१ को उपदफा (२) बमोजिम गठित समिति सम्झनु पर्छ ।
(घ) “मालवस्तुधनी” भन्नाले निकासी वा पैठारी हुने जुनसुकै मालवस्तुको धनी सम्झनु पर्छ ।