नियम
जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति
समितिले नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम बीउ बिजनका जातहरूको अनुमोदन, उन्मोचन र दर्ता गर्ने
प्रयोजनको लागि गठन गर्ने जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिमा देहाय बमोजिमका सदस्यहरू रहने छन् ।
(क) महानिर्देशक, कृषि विभाग – अध्यक्ष
(ख) निर्देशक, (बाली तथा बागबानी) नेपाल कृषि अनुसन्धान परिषद् – सदस्य
(ग) प्रमुख, सम्बन्धित बाली अनुसन्धान कार्यक्रम, नेपाल कृषि अनुसन्धान परिषद् – सदस्य
(घ) कार्यक्रम निर्देशक, विषयवस्तुसँग सम्बन्धित निर्देशनालय, कृषि/पशु सेवा विभाग – सदस्य
(ङ) प्रमुख, माटो विज्ञान महाशाखा, नेपाल कृषि अनुसन्धान परिषद् – सदस्य
(च) प्रमुख, बीउ विज्ञान तथा प्रविधि महाशाखा, नेपाल कृषि अनुसन्धान परिषद् – सदस्य
(छ) बीउ व्यवसायी संघमा प्रतिनिधित्व गर्ने बीउ बिजन उद्यमीहरूमध्येबाट एकजना – सदस्य
(ज) बीउ बिजन व्यवसायमा संलग्न गैर सरकारी संस्थाहरूमध्येबाट समितिले मनोनीत गरेको एक जना – सदस्य
(झ) प्रमुख, केन्द्र – सदस्य–सचिव