नियम ५
जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिको काम, कर्तव्य र अधिकार
जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम
हुनेछः–
(क) विकसित बीउ बिजनका जातहरूको अनुमोदन, उन्मोचन र दर्ताको लागि आवश्यक पूर्वाधारहरू तयार गरी समितिबाट अनुमोदन गराउने ।
(ख) उन्मोचन हुन नसकेको बीउ बिजनको उन्मोचन र दर्ताको लागि समितिसमक्ष सिफारिश गर्ने ।
(ग) उन्मोचित बीउ बिजनको जातहरूको पहिचान गरी आवश्यक विवरणहरू सहित दर्ताको लागि समिति समक्ष पेश गर्ने ।
(घ) अनुमोदित तथा उन्मोचित बीउ बिजनको जातको प्रजननको व्यवस्था मिलाउने ।
(ङ) बिदेशबाट आयात हुने बीउ बिजनका जातहरू तथा नेपालभित्र उत्पादनभइरहेका रैथाने एवं स्थानीय जातको बालीको बीउ बिजनलाई अभिलेख गरी राखन तथा जात दर्ता गर्नको लागि समिति समक्ष सिफारिश गर्ने ।
(च) निजी क्षेत्रलाई बीउ बिजनको अनुमोदन, उन्मोचन र दर्ता गर्नको लागि समितिसमक्ष सिफारिश गर्ने ।
(छ) उन्मोचित बीउ बिजनको कुनै जात दर्ताबाट हटाउन आवश्यक देखिएमा सो जातलाई दर्ताबाट हटाउन समितिसमक्ष सिफारिश गर्ने ।
(ज) उन्मोचित बीउ बिजनको जातको सम्बद्र्धन तथा संरक्षणको व्यवस्था मिलाउने ।
(झ) जात अनुमोदन, उन्मोचन र दर्तासँग सम्बन्धित अन्य कार्य गर्ने ।