दफा १५घ
जातीय विकास तथा सम्बर्द्धन गर्न चाहेमा अनुमति
१५घ.१ कुनै व्यक्ति वा संस्थाले कुनै बीउको जातीय विकास तथा सम्बर्द्धन गर्न चाहेमा अनुमतिको लागि तोकिए बमोजिमको दस्तुर सहित समिति समक्ष निवेदन दिनु पर्नेछ।
१५घ.२ उपदफा १५घ.१ बमोजिमको निवेदन प्राप्त भएपछि समितिले आवश्यक जाँचबुझ गरी कुनै बीउको जातीय विकास तथा सम्बर्द्धन गर्न अनुमति दिन सक्नेछ।
१५घ.३ बीउको जातीय विकास तथा सम्बर्द्धन गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
१५घ.४ यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि घरायसी प्रयोजनको लागि जातीय विकास तथा सम्बर्द्धन गर्न अनुमति लिनु पर्ने छैन।