दफा २६
जानकारी गराउनु पर्ने
(१) संस्थाले आफूले प्रदान गर्ने सेवा, सेवा प्रयोग गरे बापत लाग्ने शुल्क, सेवाग्राहीले पालना गर्नु पर्ने शर्तहरु र कारोबार सञ्चालन प्रक्रिया बारेमा सेवाग्राहीलार्इ नियमित रूपमा जानकारी गराउनु पर्नेछ।
(२) संस्थाले सेवाग्राहीले मागेका बखत निजसँग सम्बन्धित कारोबारको विवरण लिखित रूपमा वा विद्युतीय माध्यमबाट उपलब्ध गराउनु पर्नेछ।
(३) संस्थाले विद्युतीय माध्यमबाट कारोबार गर्ने क्रममा कुनै त्रुटि भएमा सोको जानकारी तत्काल सम्बन्धित सेवाग्राहीलाई दिनु पर्नेछ।