नियम ९
जानकारी दिनु पर्ने
(१) कर्मचारीले आफूले पेश गरेको अनुसूची-१ बमोजिमको विवरणमा कुनै हेरफेर वा परिवर्तन भएमा पन्ध्र दिनभित्र त्यसको जानकारी कार्यालय मार्फत कोषलाई गराउनु पर्नेछ।
(२) कार्यालयले ऐन तथा यस नियमावली बमोजिम योगदानमा आधारित निवृत्तभरण प्रणालीमा समावेश भएको कुनै कर्मचारी जुनसुकै कारणबाट सेवा निवृत्त भएमा सोको तीन दिनभित्र सम्बन्धित किताबखाना र कोषलाई जानकारी गराउनु पर्नेछ। (३) उपनियम (२) बमोजिम लेखी आएमा सम्बन्धित किताबखानाले त्यस्तो कर्मचारीको अभिलेख र सो बमोजिम निजले कोषबाट पाउने निवृत्तभरण वा : पारिवारिक निवृत्तभरणको रकम समेत प्रमाणित गरी कोषमा पठाई दिनु पर्नेछ।