नियम ८५
जानकारी दिनुपर्ने
: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सङ्घ वा प्रदेशको नियमन क्षेत्राधिकार अन्तर्गत रहेको सहकारी संस्थाले प्रदेश वा स्थानीय तहमा कार्यालय, सेवा केन्द्र वा अन्य माध्यमबाट सेवा सञ्चालन गर्दा प्रदेश वा स्थानीय तहमा जानकारी दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिमका सहकारी संस्थाहरूको विवरण सम्बन्धित स्थानीय तहले प्रदेशमा र प्रदेशले विभागमा पठाउनु पर्नेछ ।