दफा ६०
जारी गरिएको मुद्रा खिच्ने वा फिर्ता लिने
(१) बैंकले नेपाल ……. भित्र चलनचल्तीमा रहेका बैंक नोट तथा सिक्का सोधभर्ना दिने गरी खिच्न वा फिर्ता लिन सक्नेछ । त्यसरी खिच्ने वा फिर्ता लिने बैंक नोट तथा सिक्का कति दिनभित्र बैंकको कुन कार्यालयमा सट्टाभर्नाका लागि पेश गर्ने भन्ने व्यहोरा स्पष्ट रुपमा किटान गरी बैंकले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गर्नेछ । (२) दफा ५३ मा जुनसुकै कुरा उल्लेख गरिएको भए तापनि उपदफा (१) बमोजिम तोकिएको समय समाप्त भएपछि सट्टाभर्ना गर्नु पर्ने बैंक नोट तथा सिक्का कानूनी ग्राह्य हुने   छैन । (३) बैंकले उपदफा (१) बमोजिम चलनचल्तीबाट खिचेका बैंक नोट तथा सिक्का तथा त्रुटीयुक्त मुद्रा तोकिए बमोजिम धुल्याउन, काट्न, फुटाउन वा अन्य कुनै पनि किसिमले नष्ट गर्न सक्नेछ ।