दफा ११
जिम्मेवारी र अधिकार प्रत्यायोजन

(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा अन्यथा लेखिएकोमा वाहेक अन्य सम्पूर्ण अधिकार सभामा निहित रहनेछ ।

(२) सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा उल्लेख गरिएका आफ्ना अधिकारहरूमध्ये सबै वा केही अधिकारहरू कार्यकारी परिषद्, प्राज्ञिक परिषद् तथा अन्य पदाधिकारीहरूलाई वा तोकिएबमोजिम स्थापना गरिएका समितिलाई सुम्पन सक्नेछ ।