दफा
जिल्ला अदालतको स्थापना
(१) प्रत्येक जिल्लामा एक जिल्ला अदालत रहनेछ ।
(२) जिल्ला अदालत जिल्लाको सदरमुकाममा रहनेछ ।
तर यो ऐन प्रारम्भ हुँदाका बखत कुनै जिल्ला अदालत जिल्लाको सदरमुकाम बाहेक अन्य कुनै ठाउँमा रहेकोमा अन्य व्यवस्था नभएसम्म सोही ठाउँमा रहनेछ ।