दफा १२
जिल्ला युवा समितिको काम, कर्तव्य र अधिकार
जिल्ला युवा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :­
(क) परिषद्बाट स्वीकृत नीतिको अधीनमा रही युवा सम्बन्धी जिल्लास्तरीय योजना तथा कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्ने, गराउने,
(ख) स्थानीय निकाय, युवा सम्बन्धी संघ, संस्था, गैरसरकारी संस्था तथा निजी क्षेत्रको साझेदारीमा जिल्लास्तरमा युवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने,
(ग) स्थानीयस्तरमा सञ्चालन हुने युवा सम्बन्धी कार्यक्रमको समन्वय एवं सहजीकरण गर्ने,
(घ) युवा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न स्थानीयस्तरमा स्रोत साधन जटुाउने,
(ङ) विशेष समुदायका युवालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(च) परिषद्ले तोके बमोजिमको काम गर्ने, गराउने ।