दफा ११
जिल्ला युवा समितिको गठन
(१) जिल्लास्तरमा युवा सम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्ने काम समेतको लागि प्रत्येक जिल्लामा एक जिल्ला युवा समिति रहनेछ ।
(२) जिल्ला युवा समितिको गठन देहाय बमोजिम हुनेछ ः-
(क) नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी
स्थानीय तहमा युवाको संरक्षण, सम्बद्र्धन वा युवा विकास र परिचालनको क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरी विशेष
योगदान पुर्याएका व्यक्तिहरुमध्येबाट परिषद्ले मनानीत गरेको व्यक्ति –अध्यक्ष
(ख) महिला तथा बालबालिका कार्यालयको प्रमुख –सदस्य
(ग) जिल्ला समन्वय समितिको प्रतिनिधि –सदस्य
(घ) जिल्ला शिक्षा कार्यालयको अधिकृतस्तरको प्रतिनिधि –सदस्य
(ङ) परिषद्मा आवद्ध युवा सम्बन्धी स्थानीय संघ, संस्थाहरुमध्येबाट एक जना प्रतिनिधि –सदस्य
(च) युवाको हक, हितको संरक्षण र सम्वद्र्धन वा समाज सेवाको क्षेत्रमा विशेष याेगदान पुर्याएका युवाहरुमध्येबाट मनोनीत –सदस्य तीनजना
(छ) जिल्ला युवा समितिको कार्यालय प्रमुख –सदस्य– सचिव
(३) उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिमका सदस्यहरुको मनोनयन समावेशी सिद्धान्तको आधारमा परिषद्ले गर्नेछ र त्यसरी मनोनयन गर्दा कम्तीमा पचास प्रतिशत महिलाको प्रतिनिधित्व गराइनेछ ।
(४) जिल्ला युवा समितिको अध्यक्ष तथा मनोनीत सदस्यहरुको पदावधि चार बर्षको हुनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला युवा समितिको अध्यक्ष वा मनोनीत कुनै सदस्यले आफ्नो पद अनुरुपको आचरण नगरेको वा जिम्मेवारी पूरा नगरेको देखिएमा परिषद्ले त्यस्तो अध्यक्ष वा सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मौकाबाट वञ्चित गरिने छैन ।
(६) जिल्ला युवा समितिकोबठै क सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(७) जिल्ला युवा समितिको कार्यालय परिषद्ले तोकेको स्थानमा रहनेछ ।