नियम ११
जिल्ला विपद्‌ व्यवस्थापन कोष
: (१) विपद्‌ व्यवस्थापनका लागि प्रत्येक जिल्लामा एउटा छुट्टै जिल्ला विपद्‌ व्यवस्थापन कोष रहनेछ॥

(२) जिल्ला विपद्‌ व्यवस्थापन कोषमा देहाय बमोजिमका रकमहरु रहनेछन्‌ :-

(क) नेपाल सरकारबाट प्राप्त रकम,

(ख) प्राधिकरणबाट प्राप्त रकम,

(ग) प्रदेश सरकारबाट विपद्‌ व्यवस्थापनका लागि प्राप्त रकम, (घ) कुनै स्वदेशी सङ्घ संस्था वा व्यक्तिबाट दान, दातव्य वा उपहार स्वरुप प्राप्त रकम ।

(३) जिल्ला विपद्‌ व्यवस्थापन समितिको निर्णय बमोजिम स्वीकृत भएको विपद्‌ व्यवस्थापन सम्बन्धी कार्यक्रमको लागि मात्र जिल्ला विपद्‌ व्यवस्थापन कोषको रकम खर्च गरिनेछ ।

(४) उपनियम 1३) वमोजिम जिल्ला विपद्‌ व्यवस्थापन कोषको रकम खर्च गर्दा नियमित प्रशासनिक कार्यको लागि खर्च गरिने छैन ।

(५) जिल्ला विपद्‌ व्यवस्थापन कोषको सञ्चालन जिल्ला विपद्‌ व्यवस्थापन समितिको अध्यक्ष वा निजले अख्तियारी दिएको जिल्ला प्रशासन कार्यालयको अधिकृत कर्मचारी र जिल्ला प्रशासन कार्यालयको आर्थिक व्यवस्थापन हेर्ने शाखाको प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।

(६) जिल्ला विपद्‌ व्यवस्थापन कोषमा जम्मा भएको रकम जिल्ला विपद्‌ व्यवस्थापन समितिले “क" वर्गको कनै बाणिज्य बैङ्कमा खाता खोली जम्मा गर्नु पर्नेछ ।

(७) जिल्ला विपद्‌ व्यवस्थापन कोषको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।

(ठ) जिल्ला विपद्‌ व्यवस्थापन कोषको परिचालनका सम्बन्धमा प्राधिकरणले आवश्यकता अनुसार निरीक्षण गर्न सक्नेछ ।

(९) जिल्ला विपद्‌ व्यवस्थापनको कोष सञ्चालन सम्बन्धी अन्य व्यवस्था जिल्ला विपद्‌ व्यवस्थापन समितिले निर्धारण गरे बमोजिम हुनेछ ।