(१) दलका प्रमुखले खनिज सर्भेक्षण कार्यका लागि अनुसूची–१ बमोजिमका कामदार अनुसूची–२ मा तोकिएको सङ्ख्यामा नबढ्ने गरी महानिर्देशकको स्वीकृति लिएर ज्यालादारीमा काम लगाउन सक्नेछ ।
तर तीन हजार मिटरभन्दा उच्च स्थान वा सामान्यतया कामदार पाउन नसकिने दूर्गम पहाडी क्षेत्रमा खनिज सर्भेक्षण कार्य गर्दा आवश्यक पर्ने ज्यालादारी कामदारको सङ्ख्या महानिर्देशकले तोकिदिए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम काममा लगाइएका ज्यालादारी कामदारले दलका प्रमुखले तोकिदिए बमोजिम खनिज सर्भेक्षणसँग सम्बन्धित काम गर्नु पर्नेछ ।
तर भारी बोक्ने भरियाको हकमा प्रत्येक भरियालाई सामान्यतया तीस किलो ग्राममा नघट्ने गरी भारी बोकाउने व्यवस्था दलको प्रमुखले गर्नेछ ।
(३) ट्रेन्चिङ, पिटिङ जस्ता उत्खनन कार्यमा काम गर्ने खनेल (खनिज उत्खनन गर्ने व्यक्ति) ले प्रतिदिन कम्तीमा ०.५ क्यूभिक मिटर खन्नु पर्नेछ र स्याम्पल कटरले प्रतिदिन कम्तीमा पा“च सेन्टिमिटर गहिराइ र दश सेन्टिमिटर चौडाइ भएको आधा मिटरको चट्टान काट्नु पर्नेछ ।