नियम
टप भत्ता उपलब्ध
: (१) नेपाल सरकारले ऐनको दफा ४, ५, )&ली ० र ११ बमोजिमको सामाजिक सुरक्षा भत्ता सम्बन्धित स्थानीय तह मार्फत उपलब्ध ।

(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका लोपोन्मुख जातिको व्यक्तिलाई निजले प्राप्त गरेको परिचयपक्रको आधारमा त्यस्तो व्यत्तिले चाहेको जुनसुकै स्थानीय तहबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम अन्य स्थानीय तहले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएकोमा त्यसरी उपलब्ध गराएको भत्ता वापतको रकम सोधभर्नाको लागि त्यस्तो सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको अभिलेख रहेको स्थानीय तहमा लेखी पठाउनु पर्नेछ । (४) उपनियम (३) बमोजिम सोधभर्नाको लागि लेखी आएमा सम्बन्धित स्थानीय तहले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने स्थानीय तहलाई त्यसरी उपलब्ध गराएको भत्ता वापतको रकम सोधभर्ना दिनु पर्नेछ ।