नियम १५
टाँचा मेट्न सकिने
निरीक्षकले देहायका अवस्थामा नाप तौल र नाप्ने तौलने यन्त्रमा लागेको टाँचा मेटी रद्द गर्न सक्नेछः–
(क) नाप तौल र नाप्ने तौलने यन्त्र ऐन र यी नियमहरुबमोजिम नभएको, वा
(ख) नाप तौल र नाप्ने तौलने यन्त्र भाँचिएको फुटेको वा चोइटिएको वा अरु कुनै कारणले त्रुटिपूर्ण भएको, वा
(ग) नाप तौल र नाप्ने तौलने यन्त्र यी नियमहरुमा तोकिएको अवधिभित्र पुन जाँच र टाँचा लगाउनको निमित्त नल्याइएको, वा
(घ) नाप तौल र नाप्ने तौलने यन्त्रमा घटीबढीको हद यी नियमहरुमा तोकिएको घटीबढीको हदभन्दा बढी भएको ।तर यो खण्डबमोजिम घटीबढी हद भएका नाप्ने तौलने यन्त्रलाई निरीक्षकले १५ दिनभित्र मिलाई ल्याउन लिखित आदेश दिन सक्नेछ र सो अवधिभित्र मिलाई ल्याएका नाप तौल र नाप्ने तौलने यन्त्र ठीक देखिए टाँचा मेटी रद्द गर्न हु“दैन ।