नियम ३४
टाचाँ दर्ता गर्नु पर्ने
(१) उपभोक्ता समूहले सामुदायिक वनको काठ ओसार पसारको लागि फलामे टाँचा बनाई जिल्ला वन कार्यालयमा टाचाँ दर्ता गराई पाँउ भनी निवेदन दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम पर्न आएको निवेदन उपर टाँचाको नाम दोहोरो नपर्ने गरी
जिल्ला वन अधिकृतले टाँचा निशुल्क दर्ता गरी दिनु पर्नेछ ।