दफा १०५
ट्रष्ट खाता
 बैंकले विशेष प्रयोजनको लागि ट्रष्ट खाताको रुपमा छुट्टै खाता खोल्न र सञ्चालन गर्न सक्नेछ । त्यस्तो खातामा जम्मा रहेको रकम अन्य कुनै प्रयोजनको लागि प्रयोग गर्न पाइने छैन । त्यस्तो खातामा रहेको सम्पत्ति त्यस्ता खाताको दायित्व पूरा गर्न मात्र प्रयोग गरिनेछ र त्यस्तो दायित्व पूरा गर्न बैंकले अन्य खातामा रहेको रकम वा सम्पत्ति प्रयोग गर्न पाउने छैन ।