दफा
ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्न इजाजतपत्र लिनु पर्ने

(१) ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम इजाजतपत्र लिनु पर्नेछ ।
(२) ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजत लिन चाहने व्यक्तिले तोकिए बमोजिम विवरण
खुलाई नेपाल सरकारसमक्षदरखास्त दिनु पर्नेछ ।
(३) उपदाफा (२) बमोजिमको दरखास्त प्राप्त भएपछि नेपाल सरकारले आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्न सक्षम देखेमा तोकिएको दस्तूर लिई तोकिएबमोजिम इजाजतपत्र जारी गर्नेछ ।
(४) उपदफा (३) बमोजिम जारी भएको इजाजतपत्र तोकिएको अवधिभित्र तोकिएको दस्तूर तिरी नवीकरण गराउनु पर्नेछ ।