दफा ११४
ठहर वा सजाय दोहोर्याउने

(१) सैनिक अदालतबाट ठहर भएको सजायलाई सो सदर गर्ने अधिकारीले दोहोर्याई हेर्न आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएमा सैनिक अदालतले सो मुद्दामा अरू थप सवुत प्रमाण बुझी मुद्दाको कारबाही र किनारा गर्न सक्नेछ ।
(३) मुद्दा दोहोयाई हेर्नु पर्दा कुनै अनिवार्य कारणले उपस्थित हुन नसकेमा बाहेक शुरु फैसला गर्ने अधिकृतहरूबाट नै दोहोयाउनु पर्छ ।
(४) उपदफा (३) बमोजिम शुरु फैसला गर्ने अधिकृतहरू उपस्थित हुन नसकेमासो को कारण सहितको निस्सा मिसिल सामेल राखी शुरु फैसला गर्ने अधिकृतमध्ये उपस्थित हुन नसक्ने सङ्ख्या वरावरका अन्य सदस्यहरू थपी मुद्दाको कारबाही शुरु गर्नु पर्नेछ ।