दफा ११६
ठहर वा सजाय हेरफेर गर्ने
(१) सैनिक अदालतको सजाय सदर भएको वा सदर गराउनु नपर्ने कुनै ठहर वा सजाय प्रमाणद्वारा समर्थन हुन नसकेमा वा अन्य कुनै कारणबाट मान्न नसकिने भएमा दफा ११३ बमोजिम सजाय घटाउन अधिकार पाएका अधिकारीले नयाँ ठहर वा सजाय गरेमा सो बमोजिम सजाय कार्यान्वयन गर्न सकिनेछ ।
तर त्यस्तो ठहर वा सजायमा सैनिक अदालतले अधिकारक्षेत्रको प्रश्न उठाएमा वा सो ठहर वा सजाय हुने कारणमा सैनिक अदालत सन्तुष्ट हुन नसकेको अवस्थामा बाहेक नयाँ ठहर वा सजाय गर्नु हुँदैन ।
(२) उपदफा (१) बमोजिम नयाँ ठहर गरी सजाय दिइएकोमा बाहेक सैनिक अदालतबाट गरिएको र सदर भइसकेको वा सदर गराउन नपर्ने कुनै सजाय कुनै कारणबाट अमान्य ठहरिन आएमा उपदफा (१) बमोजिमको अधिकारीले सोही उपदफामा उल्लिखित व्यवस्थाको अधीनमा रही आफले उचित ठहयाएको नयाँ सजाय दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम दिइने सजाय सैनिक अदालतबाट ठहर भएको सजायभन्दा बढी हुने गरी दिइने छैन ।
(४) यस दफा अन्तर्गत हेरफेर वा ठहर भएको सजाय सैनिक अदालतबाट गरे सरह हुनेछ ।