दफा ५क
डाँक ढुवानी गर्नु पर्ने
: कुनै सार्वजनिक यातायात सेवा संचालन गर्ने कुनै व्यक्ति वा संस्थालाई नेपाल सरकारले डाँक ढुवानी गर्न अनुरोध गरेमा त्यस्तो व्यक्ति वा संस्थाले पनि यात्रु वा मालसामानलाई भन्दा बढी प्रथामिकता दिई अनिवार्य रुपले त्यस्तो डाँक ढुवानी गर्नुपर्नेछ र सो ढुवानी गरे बापत सम्बन्धित व्यक्ति वा संस्थालाई मुनासिब माफिकको भाडा दिइनेछ ।