दफा १३
डिभिजनल वन अधिकृत र समितिलाई अदालतको अधिकार हुने
यस परिच्छेद बमोजिम आफु समक्ष पेश हुन आएको कुनै कुराको निर्णय गर्नका लागि सरोकारवाला व्यक्तिहरु र निजहरुका साक्षीहरुलाई झिकाउने, बुझ्ने, म्याद तारेख दिने र निजहरुबाट लिखत गराउने समेत प्रचलित कानून बमोजिम अदालतले पाए सरहको अधिकार डिभिजनल वन अधिकृत र समिति दुवैलाई हुनेछ ।