दफा ८३
डिवेन्चर तथा वित्तीय उपकरण जारी गर्न स्वीकृति लिनु पर्ने
(१) वाणिज्य बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको डिवेन्चर वा वित्तीय उपकरण जारी गर्दा बैंकको पुर्व स्वीकृति लिनु पर्नेछ । (२) उपदफा (१) बमोजिमको स्वीकृति दिंदा बैंकले आवश्यक शर्तहरु तोक्न सक्नेछ र त्यस्तो शर्तको पालना गर्नु सम्बन्धित वाणिज्य बैंक तथा वित्तीय संस्थाको कर्तव्य हुनेछ ।