दफा ७
तजविजी अधिकारको प्रयोगमा आयोगले प्रश्न उठाउन नपाउने
कुनै काम कारवाईको सम्बन्धमा कुनै अधिकृतले आफ्नो तजविजी अधिकारको प्रयोग गरी गरेको काम कारवाई वा निर्णयलाई लिएर आयोगले यस ऐन अन्तर्गत कुनै कारवाई चलाउने छैन ।
तर त्यस्तो तजविजी अधिकारको प्रयोग गर्दा बदनियतसाथ वा स्वेच्छाचारी किसिमबाट प्रयोग गरिएको देखिएमा त्यस सम्बन्धमा कारवाई चलाउन यस दफामा लेखिएको कुनै कुराले आयोगलाई बाधा पुर्याउने छैन ।