नियम ६४
तत्काल वायुयानको उडान रोक्न सकिने
नेपाल सरकार वा प्राधिकरणले कुनै क्षेत्र वा
स्थानमा वायुयान उडान गर्न सुरक्षा एवं अन्य दृष्टिकोणबाट उपयुक्त छैन भन्ने ठानेमा
त्यस्तो क्षेत्र वा स्थानबाट जुनसुकै वायुयानलाई प्रवेश गर्न, प्रस्थान गर्न, उडान गर्न वा
ओह्राल्न रोक लगाउने गरी आदेश दिन सक्नेछ ।