दफा २६
तत्काल सञ्चार अभिलेख गर्न सकिने
: (१) दफा २५ मा जुनसुकै कुरा लेखिएको भए तापनि ठित अपराधको अनुसन्धानको सिलसिलामा कुनै व्यक्तिको सञ्चार तत्काल अभिलेख नगरी नहुने भएमा देहायको अवस्थामा अनुसन्धान अधिकारीको अनुरोधमा वा आवश्यक भए कम्तीमा प्रहरी अतिरिक्त महानिरीक्षक दर्जाको प्रहरी अधिकृत आफैंले लिखित रुपमा कारण खुलाई सोको अभिलेख राखी कुनै व्यक्तिको सञ्चार अभिलेख गर्न अनुसन्धान अधिकारी वा अन्य प्रहरी कर्मचारीलाई लिखित रुपमा आदेश दिन सक्नेछ :
(क) कसैको तत्काल मृत्यु हुन सक्ने वा जीउ ज्यानमा तत्काल गम्भीर चोटपटक लाग्नन सक्नेसम्भावना भएमा,
(ख) मुलुकको राष्ट्रिय सुरक्षा वा हितमा आघात पर्ने भएमा, वा
(ग) सरकारी, सार्वजनिक वा निजी संरचना वा सम्पत्ति तत्काल ध्वस्त हुने वा आगजनी हुने सम्भावना भएमा ।
(२) उपदफा (१) बमोजिम तत्काल सञ्चार अभिलेख गर्ने आदेश दिंदा अनुसन्धान अधिकारी आफंैले वा निजको प्रत्यक्ष निर्देशन र निगरानीमा कम्तीमा प्रहरी निरीक्षक दर्जाको प्रहरी अधिकृत वा त्यस्तो सञ्चार सेवाको सञ्चालकले मात्र अभिलेख गर्न पाउने गरी आदेश दिनु पर्नेछ ।
(३) यस दफा बमोजिम तत्काल सञ्चार अभिलेख गर्ने आदेश दिंदा सम्बन्धित व्यक्तिलाई कुनै प्रकारको अवरोध नहुने गरी अभिलेख गर्न सम्बन्धित अधिकारीलाई र त्यस्तो अधिकारीलाई सूचना इन्टरसेप्ट गर्न आवश्यक सहयोग गर्न सम्बन्धित सञ्चार सेवा प्रदायक वा सो व्यवसायको धनी वा सञ्चालन गर्ने व्यक्ति वा सम्बन्धित अन्य व्यक्तिलाई आदेश दिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम आदेश दिने अधिकारीले त्यसरी दिएको आदेश स्वीकृतिको लागि अधिकारप्राप्त अधिकारीसमक्ष आदेश दिएको बाह्र घण्टाभित्र पेश गर्नु पर्नेछ ।
(५) अधिकारप्राप्त अधिकारीले उपदफा (४) बमोजिमको आदेश अस्वीकृत गरेमा सञ्चार अभिलेख सम्बन्धी कार्य तत्काल बन्द गर्न र त्यसरी अभिलेख भएको सम्पूर्ण सञ्चार सोही दिन तोकिए बमोजिम नष्ट गर्न त्यसरी सञ्चार अभिलेख गर्न आदेश दिने अधिकारी र सञ्चार सेवा प्रदायकलाई समेत आदेश
दिनु पर्नेछ ।