नियम ११
तथ्याङ्कको उपयोग
(१) ऐन तथा यस नियमावली बमोजिम सङ्कलन हुने वैयक्तिक तथ्याङ्कको उपयोगको सम्बन्धमा“ त्यस्तो तथ्याङक सङ्कलन गर्नु भन्दा अघि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनु पर्नेछ ।

(२) प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक ऐन तथा यस नियमावली बमोजिम सङ्कलन भएको व्यक्तिको वैयक्तिक तथ्याङ्क जुन प्रयोजनको लागि सङ्कलन भएको हो सोही प्रयोजनको लागि मात्र उपयोग गर्नु पर्नेछ । (३) तथ्याङ्क उपयोगकर्ताले प्रा तथ्याङ्कको प्रयोग गर्दा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्था तथा प्रचलित कानूनी व्यवस्थामा खलल नपर्ने गरी गर्नु पर्नेछ ।