नियम १३९
तहसील शाखामा काम गर्ने कर्मचारी निर्देशनालयको मातहत रहने
(१) जिल्ला अदालतका तहसील शाखामा कार्यरत् सम्पूर्ण कर्मचारीहरू निर्देशनालयको मातहतमा रहनेछन् र निजहरूको कामको अभिलेख निर्देशनालयले राख्नेछ ।
(२) तहसील शाखामा कार्यरत कर्मचारीहरूको काज, सरुवा, बढुवा भएमा सोको जानकारी अख्तियारवालाले निर्देशनालयलार्ई दिनु पर्नेछ ।