नियम ७१
तारिख सम्बन्धी व्यवस्था
(१) मुलुकी ऐन अदालती बन्दोबस्तको १९४ नं. को अवस्थामा बाहेक  अदालतमा पुनरावेदन परेको मुद्दामा पुनरावेदक र प्रत्यर्थीलार्ई तारिखमा राखिने छैन ।
(२) उपनियम (१) बमोजिम तारिखमा रहनु नपर्ने मुद्दाका कुनै पक्षले तारिखमा रहन पाउँ भनी निवेदन दिएमा तारिखमा राखिनेछ ।
(३) उपनियम (२) बमोजिम तारिखमा रहेको कुनै पक्षले तारिख गुजारेमा पनि मुद्दाको कारबाहीमा कुनै असर पर्ने छैन ।
(४) उपनियम (२) बमोजिम तारिखमा रहेको पक्षले तारिख गुजारेमा जुनसुकै अवस्थामा निवेदन दिई पुन तारिखमा रहन सक्नेछ ।