दफा ११
तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिद र प्रयोग
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धानशाला, शैक्षिक संस्था, कार्यशाला, वर्कशप, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले मात्र तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्दा व्यावसायिक प्रयोजनको लागि आवश्यक पर्ने परिमाणमा मात्र खरिद गर्नु पर्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिदको लागि प्रयोजन, परिमाण, प्रयोगको तरिका, प्रयोग गर्ने स्थान तथा प्रयोग गर्ने समय खुलाई अनुमतिपत्र प्राप्त व्यक्ति समक्ष लिखित रुपमा माग गर्नु पर्नेछ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिएकोभन्दा बढी परिमाणमा तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग गर्नु पर्ने भएमा सोको प्रयोजन, परिमाण, प्रयोगको तरिका, प्रयोग गर्ने स्थान तथा प्रयोग गर्ने समय खुलाई प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिनु पर्नेछ।
(५) उपदफा (४) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोगको लागि पूर्वस्वीकृति दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
(६) तेजाब वा अन्य घातक रासायनिक पदार्थ खरिद गर्ने उच्चोग, संस्था, फर्म, कम्पनी वा व्यक्तिले आपूपले खरिद गरेको तेजाब वा अन्य घातक रासायनिक पदार्थ दुरुपयोग नहुने र कुनै पनि व्यक्ति जोखिममा नपर्ने गरी भण्डारण गर्नु पर्नेछ ।
(७) यस दफा बमोजिम खरिद गरिएको तेजाब वा अन्य घातक रासायनिक पदार्थ जुन प्रयोजनको लागि खरिद गरेको हो सोही प्रयोजनको लागि मात्र प्रयोग गर्नु पर्नेछ।
(८) तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, फर्म, कम्पनी वा व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग भएको परिमाणको अभिलेख राख्नु पर्नेछ॥
(९) उपदफा ४८) बमोजिमको अभिलेख र राख्नु पर्ने विवरण राखेको नपाइएमा सम्बन्धित _प्रेमुख जिल्ला अधिकारीले दश हजार रुपैयाँसम्म जरिबाना गर्नेछ।
(१०) तेजाब वा अन्य घातक रासायनिक पदार्थ प्रयोग वा भण्डारण गर्दा पालना गर्नु पर्ने अन्य शर्त तोकिए बमोजिम हुनेछ।