दफा ८१
तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्ने
(१) बैंकले समय समयमा तोकिदिएको क्षेत्रमा बैंकले तोकिदिएको अवधिसम्मको लागि बैंकले तोकिदिए बमोजिम वाणिज्य बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्नु पर्नेछ । (२) कुनै वाणिज्य बैंक वा वित्तीय संस्थाले उपदफा (१) बमोजिम कर्जा प्रवाह नगरेमा वा कम प्रवाह गरेमा त्यसरी प्रवाह नगरेको वा कम प्रवाह गरेको रकममा सम्बन्धित वाणिज्य बैंक वा वित्तीय संस्थाले कर्जामा लिने अधिकतम ब्याजदरले हुन आउने रकम बैंकले सम्बन्धित वाणिज्य बैंक वा वित्तीय संस्थासंग हर्जाना लिन सक्नेछ ।