नियम १०
थप छानबिन गर्न सक्ने
(१) नियम ८ बमोजिम छानबिन भई पेश भएको प्रतिवेदनबाट सो विषयमा थप छानबिन गर्नुपर्ने ठानेमा आयोगले आफैं वा समिति गठन गरी वा आयोगको अधिकृत कर्मचारी मार्फत थप छानबिन गर्न वा गराउन सक्नेछ। (२) उपनियम (१) बमोजिम थप छानबिन गर्दा आयोगले तोकेको अवधि भित्र थप छानबिन गरी सोको प्रतिवेदन आयोग समक्ष पेश गर्नु पर्नेछ ।