दफा २२
थप सुविधा
(१) भैपरी आउने बिदा र पर्व बिदा बाहेक अन्य कुनै पनि बिदा नलिई तीन वर्ष बिताइसकेको संवैधानिक निकायका पदाधिकारीले आफूले पकाएको घर बिदामा आफ्नो घर जाँदा र घरबाट फर्कदा यो ऐनबमोजिम निजले पाउने दैनिक तथा भ्रमण भत्ताको आधाको दरले दैनिक तथा भ्रमण भत्ता पाउनेछ ।
तर परिवारका सदस्यले दैनिक तथा भ्रमण भत्ता पाउने छैन ।
(२) संवैधानिक निकायका पदाधिकारीले आफ्नो पदबाट अवकाश प्राप्त गर्दा वा स्वीकृत गराई राजीनामा गर्दा निजको संचित रहेको घर बिदाबाट बढीमा एक सय बीस दिनसम्मको र बिरामी बिदाको तलब निजले सो बखतमा खाईपाई राखेको तलबको दरले एकमुष्ट पाउनेछ । बहाल छँदै मृत्यु भएकोमा पनि त्यस्तो तलब, निवृत्तभरण वा उपदान पाउने निजको परिवारका सदस्यले पाउनेछ ।