दफा १५
बिदा
(१) संवैधानिक निकायका पदाधिकारीले पूरा पारिश्रमिक सहितको देहाय बमोजिमका बिदाहरू पाउन सक्नेछन् ः–
(क) पर्व बिदा र भैपरी आउने बिदा,
(ख) घर बिदा,
(ग) बिरामी बिदा ,
(घ) किरिया बिदा,
(ङ) विशेष बिदा ।
(२) संवैधानिक निकायका पदाधिकारीले प्रत्येक वर्ष भैपरी आउने बिदा ६ दिन र पर्व बिदा ६ दिन लिन पाउनेछ ।
(३) संवैधानिक निकायका पदाधिकारीले काम गरेको अवधिको एघार दिनको निमित्त एक दिनको दरले घर बिदा पाउनेछ । घर बिदा बढीमा एकसय पचास दिनसम्म संचित गरी राख्न सकिनेछ । घर बिदाको प्रयोजनको निमित्त काम गरेको अवधि कायम गर्दा भइपरी आउने बिदा र पर्व बिदा बसेको दिन र सार्वजनिक बिदाको दिन समेत काम गरेको दिनमा जोडिनेछ ।
(४) एकसय बीस दिन भन्दा बढी घर बिदा संचित हुने संवैधानिक निकायका पदाधिकारीले सो बढी घर बिदामध्ये प्रत्येक वर्ष चैत्र मसान्तसम्म संचित रहेको घर बिदामध्ये बढीमा तीस दिन सम्मको घर बिदा बापत निजले खाईपाई आएको पारिश्रमिकको दरले हुन आउने रकम सोही आर्थिक वर्षको अन्त्य सम्ममा एकमुष्ट लिन सक्नेछ ।
(५) संवैधानिक निकायका पदाधिकारीले प्रत्येक वर्ष पन्ध्र दिनका दरले बिरामी बिदा पाउन सक्नेछ । त्यस्तो बिरामी बिदा जति पनि संचित गरी राख्न सकिनेछ । कुनै कडा रोग लागि स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरेमा बिरामी बिदा बाँकी नभए दुई महिनासम्म पारिश्रमिक सहितको र त्यस्तो पारिश्रमिक सहितको थप बिरामी बिदा लिइसकेपछि एक पटकमा थप चार महिनासम्म र सेवाको अवधि भरमा बाह्र महिनामा नबढ्ने गरी बिना पारिश्रमिकको बिरामी बिदा पाउन सक्नेछ ।
तर त्यसरी पारिश्रमिक सहितको थप बिरामी बिदा लिंदा प्रत्येक दुई दिन थप बिरामी बिदा बापत एक दिनका दरले घर बिदा कट्टी गरिनेछ ।
(६) संवैधानिक निकायका पदाधिकारी आफै किरिया बस्नु परेमा कुलधर्म हेरी बढीमा पन्ध्र दिनसम्मको किरिया बिदा लिन पाउनेछ ।
(७) संवैधानिक निकायका पदाधिकारीले देहाय बमोजिम विशेष बिदा पाउन सक्नेछ र त्यस्तो बिदा आधा पारिश्रमिक सहितको हुनेछ ः–
(क) एक पटकमा एक महिनामा नबढाई, र
(ख) सेवाको अवधि भरमा जम्मा तीन महिनामा नबढाई ।
(८) संवैधानिक पदमा वा नेपाल सरकारको सेवामा रहेको कुनै व्यक्ति संवैधानिक निकायको पदाधिकारीको पदमा नियुक्त भएमा सो पदमा वा सेवामा रहँदाको निजको संचित बिदा सम्बन्धी हक उपभोग गर्नबाट निजलाई बंचित गरिने छैन ।
(९) संवैधानिक निकायका पदाधिकारीले आफ्नो पदबाट अवकाश पाएमा उपदफा (३) बमोजिम संचित रहेको बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाईपाई आएको पारिश्रमिकको दरले हुन आउने रकम एकमुष्ट लिन पाउनेछ ।