नियम १२८
दण्ड जरिबाना बुझी लिएको जानकारी दिने
कुनै पुनरावेदन, निवेदन वा अन्य लिखत दर्ता हुँदा तल्लो अदालत वा निकायको फैसला बमोजिम लागेको दण्ड जरिबाना बुझी लिएको भए वा अदालतको फैसला बमोजिम कुनै जरिबाना वा कैद असुल गरेको भए सम्बन्धित शाखा प्रमुखले सो कुराको जानकारी सम्बन्धित अदालत, निकाय र निर्देशनालयलाई दिनु पर्नेछ ।