दफा ४५ग
दण्ड सजाय
(१) दफा ४५क. बमोजिमको पर्यटन व्यवसाय गर्ने व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा नेपाल सरकारले दिएको निर्देशन वा आदेश उल्लंघन गरेमा त्यस्तो व्यक्तिलाई तोकिएको अधिकारीलेबीस हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(२) कुनै पर्यटकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम अनुमति नलिई दफा ४५ख. मा तोकिएको पर्यटन सम्बन्धी कुनै क्रियाकलाप गरेमा वा त्यस्तो अनुमति प्राप्त पर्यटकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लंघन गरेमा निजलाई तोकिएको अधिकारीले दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम तोकिएको अधिकारीले दिएको आदेशबाट मर्का पर्नेव्यक्तिले नेपाल सरकारसमक्ष पैंतीस दिनभित्र उजूरी दिन सक्नेछ र त्यस्तो नेपाल सरकारलेदिएको निर्णय अन्तिम हुनेछ ।