दफा २४
दण्ड सजाय
(१) दफा २३ बमोजिमको अपराध गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
(२) स्वास्थ्य संस्था बाहेक अन्य स्थानमा दफा २३ बमोजिमको अपराध गर्ने व्यक्तिलाई उपदफा (१) बमोजिम हुने सजायमा थप एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
(३) व्यक्तिगत इजाजतपत्र नलिएको व्यक्तिले स्वास्थ्य संस्था बाहेक अन्य स्थानमा दफा २३ बमोजिमको अपराध गरेको भए त्यस्तो व्यक्तिलाई उपदफा (१) बमोजिम हुने
सजायमा थप दुई वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
(४) दफा २३ बमोजिमको अपराध भएको अवस्थामा अङ्ग झिकिने जीवित व्यक्ति सोही चोट पीरको कारणले तीन महिनाभित्र मरेमा त्यस्तो अपराध गर्ने व्यक्तिलाई जन्मकैद हुनेछ ।
(५) उपदफा (१), (२), (३) र (४) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखत व्यवस्था विपरीत अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।