दफा १६०
दण्ड सजाय
(१) दर्ताको प्रमाणपत्रमा उल्लेख भए बमोजिमको वास्तविक नम्बर वा प्लेट नराखी अर्कै नम्बर वा प्लेट राखी सवारी चलाउने वा चलाउन लगाउनेलाई अधिकार प्राप्त अधिकारीले छ महीनासम्म कैद वा पाँचहजारदेखि पन्ध्रहजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो सवारी जफत गर्नु पर्छ ।
(२) अधिकार प्राप्त अधिकारीले देहायको काम कारवाही गर्ने गराउनेलाई देहाय बमोजिम जरिवाना गर्न सक्नेछः–
(क) दफा १२, ४५ वा ११७ को विपरीत काम कारवाही गर्ने गराउनेलाई पाँचसय देखि दुई हजार रुपैयाँसम्म ।
(ख) दफा १४, २९, ३९, ७५, ९३, ९६, १२५ वा १२९ को विपरीत काम कारवाही गर्ने गराउनेलाई एकहजार देखि पाँचहजार रुपैयाँसम्म ।
(ग) दफा १५९ को विपरीत काम कारवाही गर्ने गराउनेलाई दुईहजारदेखि दशहजार रुपैयाँसम्म ।
(३) उपदफा (१) वा (२) मा उल्लेख भए देखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको आदेशको विपरीत काम कारवाही गर्ने गराउनेलाई अधिकार प्राप्त अधिकारीले दुईसयदेखि एकहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(४) दफा १२८ विपरीत हुने गरी काम कारवाही गर्ने गराउने व्यक्तिलाई पच्चीसहजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय गरी अदालतले त्यस्तो व्यक्तिबाट हानि नोक्सानी पुग्ने व्यक्तिलाई उपयुक्त क्षतीपूर्तिको रकम दिलाउन सक्नेछ ।
(५) दफा १६५ विपरीत हुने गरी काम कारवाही गर्ने गराउने व्यक्तिलाई एकहजार रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय गरी अदालतले त्यस्तो व्यक्तिबाट हानि नोक्सानी पुग्ने व्यक्तिलाई उपयुक्त क्षतीपूर्तिको रकम दिलाउन सक्नेछ ।