(१) दफा ८ को बर्खिलाप काम गर्ने व्यक्तिलाई तीन हजार रुपैयाँसम्म जरिवाना वा छ महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) दफा ९ को बर्खिलाप काम गर्ने व्यक्तिलाई एकहजार पाँचसय रुपैयाँ सम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(३) दफा १० बमोजिम तोकिएको पदार्थ वा प्रक्रियामा निर्धारित गुणस्तर नभएमा वा कसैले त्यस्तो पदार्थ वा प्रक्रियामा प्रमाण–चिन्ह नलगाई प्रयोगमा ल्याएमा त्यस्तो व्यक्तिलाई पाँचहजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।
(४) कसैले दफा ११ बमोजिम तोकिएको पदार्थ निर्धारित गुणस्तरको नभईकन निकासी–पैठारी गरेमा वा गर्न प्रयत्न गरेमा वा गर्न दुरुत्साहन दिएमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैयाँसम्म जरिवाना वा छ महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(५) यस ऐनको अन्य दफा बर्खिलाप काम कारवाई गर्ने व्यक्तिलाई एकहजार रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(६) यस ऐन बर्खिलाप गुणस्तरको प्रमाणपत्र वा प्रमाण–चिन्ह प्रयोग गरिएका वा निकासी–पैठारी गरिएको पदार्थहरु जफत हुनेछन्।