(१) यो ऐनबमोजिम रजिष्टर नगराई खोलिएको प्रत्येक प्राइभेट फर्मको
प्रत्येक धनीलाई सम्बन्धित विभागको तजबिजले रु.५।– पाँचदेखि रु.५०।–पचाससम्म
जरिवाना हुनेछ र सोही अपराध फेरि गरेमा ३ पटकसम्म पटकै पिच्छे शुरुमा हुने
जरिवानामा थप रु. १०।– दश जरिवाना हुनेछ । चौथो पटक पनि त्यस्तो गरेमा निजका
नाममा कहिले पनि रजिष्टरी हुने छैन ।
(२) दफा ४ अन्तर्गत दरखास्त दिंदा झुठ्ठा विवरण दाखिल गर्ने व्यक्तिलाई
सम्बन्धित विभागका तजबिजले रु.२५।– पच्चीसदेखि रु.५०।– पचाससम्म जरिवाना
हुनेछ ।
(३) दफा ६ बमोजिम दिनु पर्ने सूचना तोकिएको म्यादभित्र नदिने वा झुठ्ठा
सूचना दिने प्राइभेट फर्मलाई सम्बन्धित विभागका तजबिजले रु.२५।–पच्चीसदेखि ५०।–
पचाससम्म जरिवाना हुनेछ ।
(४) यो ऐनबमोजिम रजिष्टर वा रिन्यू नभएको प्राइभेट फर्म र सो फर्मको
कारोबार गर्ने कुनै पनि बैंकले कुनै पनि मालसामान निकासी पैठारी गर्न नपाउने गरी
नेपाल सरकारले सूचित आदेशद्वारा मनाही गर्न सक्छ ।
(५) यो दफा अन्तर्गत सम्बन्धित विभागले गरेको सजायमा चित्त नबुझ्ने
व्यक्तिले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।