दफा १२
दण्ड सजाय

(१) कसैले यो ऐन उल्लङघ्न गरेमा त्यस्तो उल्लङघ्न गर्ने र सो काममा मद्दत गर्ने वा दुरुत्साहन दिने व्यक्तिलाई कसुरको मात्रा अनुसार देहायबमोजिम सजाय हुनेछ :
(क) दफा ५ उल्लङघ्न गरेमा दश वर्ष देखि पन्ध्र वर्षसम्म कैद वा पचास हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय,
(ख) दफा ६ उल्लङघ्न गरेमा ५ वर्षदेखि १० वर्षसम्म कैद वा पच्चीस हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय,
(ग) दफा ७ उल्लङघन् गरेमा १ वर्षदेखि ५ वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुबै सजाय,
(घ) अन्य दफा उल्लङघ्न गरेमा पाँचहजार रूपैयाँसम्म जरिवाना ।

(२) उपदफा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिम सजाय पाउने ठहरिएको कुनै व्यक्ति सरकारी वा सार्वजनिक संस्थाको कर्मचारी भै आफ्नो जिम्मामावा कार्यालयमा रहेको लिखतको सम्बन्धमा सजायभागी ठहरिएको रहेछ भने निजले नैतिक पतन देखिने अभियोगमा सजाय पाएको मानिनेछ र निज आफ्नो सेवाको पदबाट भविष्यको लागि अयोग्य ठहरिने गरी स्वतः बर्खास्त हुनेछ ।