दफा १८
दण्ड सजाय

(१) कसैले दफा ६ बमोजिम प्रस्ताव स्वीकृत नगराई वा स्वीकृत प्रस्ताव विपरीत कुनै कार्य गरेमा तोकिएको अधिकारीले त्यस्तो कार्य तुरुन्त बन्द गराउन सक्नेछ र त्यस्तो कार्य कुनै व्यक्ति वा संस्थाले गरेको भए निजलाई कसूरको मात्रा हेरी पाँच लाख रुपैयाँ देखि पच्चीस लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(२) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा निर्देशिका विपरीत अन्य कुनै कार्य गरेमा तोकिएको अधिकारीले त्यस्तो कार्य तुरुन्त बन्द गराउन सक्नेछ र त्यस्तो कार्य कुनै व्यक्ति वा संस्थाले गरेको भए निजलाई कसूरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।