दफा ४
दण्ड सजाय
कसैले यो ऐनको वा यस ऐन अन्तर्गत जारी गरिएको सूचना, आदेश वा निर्देशनको उल्लङ्घन गरी कुनै काम कुरा गरेमा निजलाई बिगोबमोजिम जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
स्पष्टीकरण: यस दफाको तात्पर्यको लागि बिगो भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत जारी गरिएको सूचना, आदेश वा निर्देशनको उल्लङ्घन गरी विदेशमा गरेको लगानीको रकम सम्झनु पर्छ ।
(२) उपदफा (१) अन्तर्गत सजाय हुने कसूरमा सजाय पाएका व्यक्तिले सो सजायको आदेशको सूचना पाएपछि पनि सो कसूर हुने काम कुरा जारी राखेमा निजलाई त्यस्तो प्रत्येक दिनको निमित्त पचास रूपैयाँका दरले जरिवाना हुनेछ ।