दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “लगानी” भन्नाले देहाय बमोजिमको काम कुरामा गरिने लगानी सम्झनु पर्छ –
(१) विदेशी सेक्यूरिटी,
(२) विदेशी फर्मको साझेदारी,
(३) विदेशी बैङ्क एकाउण्ट,
(४) विदेश स्थित घर जग्गा,
(५) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको बाहेक विदेशमा गरिने अरू जुनसुकै किसिमको नगदी वा जिन्सी लगानी ।
(ख) “विदेशी सेक्यूरिटी” भन्नाले विदेशमा सिर्जना वा निष्काशन गरिएको सेक्यूरिटी र साँवा वा ब्याज कुनै विदेशी मुद्रामा वा विदेशमा भुक्तानी हुने वा हुन सक्ने सेक्यूरिटी सम्झनु पर्छ ।
(ग) “सेक्यूरिटी” भन्नाले शेयर, स्टक, बण्ड, डिबेञ्चर, डिबेञ्चर स्टक र सरकारी सेक्यूरिटी, सेक्यूरिटीको डिपोजिटको सम्बन्धमा डिपोजिटको रसिद र युनिट ट्रष्टको युनिट वा सब युनिट सम्झनु पर्छ र यो शब्दले सेक्यूरिटी उपरको हकको प्रमाणपत्र समेत जनाउछ ।